‘कांग्रेस-माओवादी गठबन्धन अवसरवादको नाङ्‍गो रुप, अझै उदाङ्‍गो हुन्छ’

जनपत्र
१ भाद्र २०७८, मंगलवार ०६:१८

प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता शंकर पोखरेलले कांग्रेस(माओवादी नेतृत्वको गठबन्धन भविष्यमा पूरै उदांगो हुने दाबी गरेका छन्। सरकारले एमाले फुटाउन दलसम्बन्धी अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री पोखरेलले सत्तारुढ गठबन्धनप्रति आक्रोश पोखेका हुन्।

सत्तारुढ गठबन्धनको न्यूनतम् साझा कार्यक्रम एकातिर, प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको कामकुरो अर्कोतिर देखिएको भन्दै पोखरेलले कटाक्ष पनि गरेका छन्। उनले गठबन्धनको संसदवाद नै सर्वसत्तावादी अवसरवादको नाङ्‍गो रुप भएको पनि टिप्पणी गरेका छन्।

ुपरमादेश पक्षधर गठवन्धनको साझा न्यूनमत् कार्यक्रम एकातिर र देउवा नेतृत्वको गठवन्धन सरकारको कामकुरो चाहिँ अर्कोतिर देखियोु, उनले भनेका छन्, ुयसबाट पुष्टि हुन्छ गठबन्धनको कथित संसदवाद नै सर्वसत्तावादी अवसरवादको नांगो रुप थियो। जुन पलपल पुष्टि हुँदैछ। भविष्यमा सम्पूर्ण रुपमा उदांगो हुनेछ। नेपालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*