एमाले फुटाउन अध्यादेश ल्याइदैछ, विभाजनका प्रयासविरुद्ध एकजुट बनौं- ओली

जनपत्र
१ भाद्र २०७८, मंगलवार ०६:१५

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले एमाले फुटाउन अध्यादेश ल्याउन लागेको भन्दै कार्यकर्तालाई सतर्क हुन अपिल गरेका छन् । सोमबार राति पाँच बुँदे विज्ञप्तिमार्फत् अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने ‘गम्भीर षड्यन्त्र’ भइरहेको बताउदै प्रतिनिधि सभा विघटन गरेको प्रति आपत्ति जनाएका हुन् ।

ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजित गर्नका लागि प्रतिनिधिसभा अन्त्य गरिएको दाबी गर्दै पार्टीका नेता कार्यकर्तालाई सतर्क रहन अपिल गरेका छन् । विज्ञप्तिमा उनले भनेका छन्( ुपूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा ९एमाले० लाई विभाजित गर्ने पडयन्त्र गरिँदैछ । नेकपा ९एमाले० र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा पडयन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन ।ु

ओलीको विज्ञप्ति:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*