वडाध्यक्षले भत्ताको रकमबाट गाउँका वृद्धहरुलाई बाँडे हर्लिक्स

जनपत्र
१ भाद्र २०७८, मंगलवार ०६:०९

सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष नारायण खड्काले आफूले पाएको भत्ताको रकमबाट वृद्धवृद्धाहरुलाई हर्लिक्स वितरण गरेका छन् । ६५ वर्ष माथिका वृद्धवृद्धालाई आफ्नै खर्चमा अर्घाखाँची अस्पतालमा लगेर कोरोना खोप लगाइदिएका अध्यक्ष खड्काले सोमबार वडाको नगर स्वास्थ्य संस्थामा कोभिड विरुद्धको खोप लगाएका वृद्धहरुलाई हर्लिक्स वितरण गरेका हुन् ।

वडाध्यक्षको हैसियतमा प्राप्त गरेको भत्ताको रकमबाट वृद्धहरुलाई हर्लिक्स र मास्क वितरण गरेको वडा अध्यक्ष खड्काले बताए । पहिलो खोप लगाउँदा वृद्धहरुलाई अर्घाखाँची अस्पतालमा लैजाँदा ५ वटा मिनी बस रिजर्भ गर्दा लागेको र दोस्रो डोज खोप वडाको स्वास्थ्य सस्थामा लगाउने भएपछि सोही बराबरको रकमबाट हर्लिक्स र मास्क प्रदान गरेका हुन् ।

कार्यक्रममा कार्यपालिका सदस्य हिमकला टमाटा, वडा सदस्य बाबुराम बस्याल, समाजसेवी हरिबहादुर खड्का, स्वास्थ्य संस्था प्रमुख सन्जु केसी लगायतले वडाध्यक्ष खड्काको कामको प्रशंसा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*