जलवायु परिवर्तनको असरबाट बच्न सबै मिलेर काम गरौ–मन्त्री नेपाल

जनपत्र
३२ श्रावण २०७८, सोमबार १८:३०

हेटौंडा । बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शरेश नेपालले जलवायु परिवर्तनको असरबाट बच्नका लागि सबै मिलेर काम गर्नुपर्ने बेला आएको वताउनु भएको छ । मन्त्रालयको आयोजनामा जलवायु परिवर्तन सम्वन्धी रणनीति तथा कार्ययोजना तर्जुमा गोष्ठीका अवसरमा बोल्दै उहाँले जलवायु परिवर्तनको असरबाट बच्नका लागि टोल र वडा स्तरबाटनै काम गर्नुपर्ने वताउनुभयो ।

जलवायु परिवर्तनकै कारण ठाउँठाउँमा खडेरी हुने र धेरै स्थानमा बाढी पहिरो बढेको वताउनुभयो । जलवायु परिवर्तनको असरको समस्या विश्व व्यापी समस्या भएकाले सामान्य नागरिकको मुद्धाको रुपमा लिएर काम गर्नुपर्ने बेला आएको मन्त्री नेपालले वताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगका कार्यबाहक उपाध्यक्ष श्याम बस्नेतले हरेक क्षेत्रमा जलवायु परिवर्तनले निकै परिवर्तन गरेको वताउनुभयो । वातावरणको समस्या र बिकासका कामलाई संगसंगै लिएर जानु अहिलेको आवस्यक्ता भएको वताउनुभयो । जलवायु परिवर्तनले कृषि क्षेत्रमा सबै भन्दा धेरै असर गरेको उहाँले वताउनुभयो ।


कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिब डाक्टर सिन्धु प्रसाद ढुंगानाले जलवायु परिवर्तनका विषयमा दस्तावेज मात्र बनाउने भन्दा पनि कार्यान्वयन गर्नुपर्ने वताउनुभयो । प्रदेशका बिभीन्न मन्त्रलय, कार्यालयहरु र स्थानीय तहका कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा मन्त्रालयका प्रवक्ता नबराज पुडासैनी लगायतकाले प्रस्तुतीकरण गर्नु भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*