काबुल विमानस्थलमा गाेली चल्दा पाँच जनाकाे ज्यान गयाे

जनपत्र
३२ श्रावण २०७८, सोमबार १४:१६

काठमाण्डाै – अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ । अफगानिस्तानबाट भाग्न खोज्नेहरूको भिडले विमानस्थल अस्तव्यस्त बनेपछि भिडलाई रोक्न अमेरिकी सेनाले हवाई फायर गरेको डेलिमेल जनाएको छ । ज्यान गुमाउनेहरूलाई भने कसले चलाएको गोली लाग्यो भन्ने खुलेको छैन ।

अफगानिस्तानमा रहेको अमेरिकी कुटनीतिक नियोगका कर्मचारी विमानस्थलमा रहेका छन् भने उनीहरूको सुरक्षाका लागि केही अमेरिकी सेना पनि काबुल विमानस्थलमा रहेका छन् ।

अहिले अमेरिकी सेनाले काबुलको विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको छ । विमानस्थलको सबै व्यावसायिक उडान रद्द गरिएको छ । सैन्य उडान भने भइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*