आज साउन महिनाको अन्तिम सोमवार, पशुपतिमा भक्तजनको घुइँचाे

जनपत्र
३२ श्रावण २०७८, सोमबार १२:३६

काठमाण्डाै – आज साउन महिनाको अन्तिम सोमवार । देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।

आज अन्तिम सोमवार भएकाले पशुपतिमा पनि भक्तजनको भीड लागेको हो । कोरोनाको कारण यसवर्ष पशुपतिनाथको मन्दिर बन्द भए पनि मन्दिर परिसर बाहिर भक्तजनहरुको भीड लागेको छ । कोरोनाको जोखिम बढेसँगै पशुपतिलगायत मन्दिरमा नित्य पूजालाई मात्रै अनुमति दिइएको छ ।

मुल मन्दिर बन्द भए पनि दर्शनर्थीहरु मन्दिर परिसरमा पूजाका लागि पुगेका छन् । अन्तिम सोमवार भएकाले व्रतालुले आज व्रत थन्काउने गर्दछन् । यही कारण पनि पशुपतिमा भीड बढेको हो । साउन महिनाको सोमवारमा हिन्दु महिलाहरुले महादेवको पूजा गर्दै व्रत बस्ने गर्दछन् ।

साउनको सोमवारमा महादेवको पूजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेर आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*