अफगान सरकार यति छिट्टै कसरी ढल्यो ? को हुन् तालिबान ?

जनपत्र
३२ श्रावण २०७८, सोमबार १२:१६

काठमाण्डाै – अफगानिस्तानमा अमेरिकी सेना फिर्ता हुन थालेसँगै सक्रिय भएका विद्रोही समूह तालिबान छोटो समयमा नै हाबी भयो । अमेरिकी लगायत विदेशी सेना रहँदासम्म सीमित क्षेत्रमा मात्रै पकड जमाएका तालिबान सेना बाहिरिन थालेसँगै सक्रिय भएको हो ।

अफगानिस्तानमा बढ्दो भ्रष्टाचार, कमजोर सुरक्षा प्रणाली, सेनाको मनोबल कायम राख्न नसक्नु जस्ता कारणले अफगान सरकारमाथि तालिबान सजिलै हाबी भएको विश्लेषण गरिएको छ ।

विदेशी सेना बाहिरिन थालेसँगै तालिबानले आफ्नो रणनीति पनि परिवर्तन गर्दै लग्यो । फलस्वरुप उ सफल भएको छ । विदेशी सेना फर्किन थालेको केही समयमा नै अमेरिकी गुप्तचर निकायको एक प्रतिवेदनले केही दिनमै काबुलमा आक्रमण हुन सक्ने र अफगान सरकार ९० दिनमा ढल्न सक्ने आकलन समेत गरेको थियो ।

को हुन् तालिबान ?

अमेरिकी सेनाको कारबाहीमा सन् २००१ मा सत्याच्युत भएसँगै विभिन्न इलाकामा तालिबानले आफूलाई बिस्तारै गर्दै थप शक्तिशाली बनाउँदै लग्यो ।

अफगानिस्तानबाट सोभियत सेनाको फिर्तीपछि सन् १९९० को दशकमा उत्तरी पाकिस्तानबाट तालिबानको उदय भएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम लेख्छन् : पाश्तो भाषामा तालिबानको अर्थ विद्यार्थीहरु भन्ने हुन्छ ।

मुख्यतः पाश्तुन आन्दोलन सुरुमा धार्मिक सङ्घसंस्थाबाट प्रारम्भ भएको विश्वास गरिन्छ जुन सङ्घसंस्थाले सुन्नी इस्लामको कडा धार सिकाउने साउदी अरबबाट आर्थिक सहयोग पाए । तालिबान समूहले अफगानिस्तान र पाकिस्तान जोडिएका पाश्तुन क्षेत्रहरुमा सत्तामा आएपछि शान्ति–सुरक्षा पुनर्स्थापित गर्ने र सरिया कानुन लागू गर्न थाल्यो ।

तालिबानले दक्षिण–पश्चिमी अफगानिस्तानबाट छिट्टै आफ्नो प्रभाव विस्तार गर्यो । सन् १९९५ को सेप्टेम्बरमा उनीहरुले इरानसँग सीमा जोडिएको हेरात प्रान्तमाथि कब्जा गरे ।  त्यसको ठिक एक वर्षपछि उनीहरुले राजधानी काबुलमा नियन्त्रण गर्दै राष्ट्रपति बुर्हानुद्दीन रब्बानीको सरकारलाई सत्ताच्युत गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*