रक्तपात राेक्न देश छोडेँ : घानी

जनपत्र
३२ श्रावण २०७८, सोमबार ०८:२४

काठमाण्डाै – तालिबानले अफगानिस्तानलाई कब्जामा लिएसँगै विश्वका धेरै देशले चासो र चिन्ता देखाएका छन् ।

तालिबानले दबाब बढाउँदै लगेपछि राष्ट्रपति अशरफ घानीले देश छोडे पछि कहाँ गएको होला र किन देश छोडेको होला भन्ने चासो पनि बढ्दो छ । यसबीचमै राष्ट्रपति  घानीले  भन्नुभएको छ – ‘रक्तपातबाट देशलाई बचाउन देश छोडेँ ।’

उहाँले आफ्नो फेसबुक पेजमा देश छोड्नु परेको कारण लेख्दै यो निर्णय गर्न आफूलाई निकै कठिन भएको समेत बताउनु भएको छ ।  तालिबानले भाला र बन्दुकको बलमा जित हासिल गरेको भन्दै घानीले देशवासी, उनीहरुको सम्मान, सम्पत्ति र आत्मसम्मानको रक्षा गर्नु अब तालिबानको जिम्मा रहेको पनि बताउनु भएको छ ।

यस्तै, उहाँले तालिबानले अब नयाँ ऐतिहासिक परीक्षाको सामना गर्ने पनि उल्लेख गर्नु भएको छ । उहाँले लेख्नु भएको – ‘तालिबानले देश र देशवासीको नाम र सम्मानको रक्षा गर्ने छन् कि अरु क्षेत्र वा नेटवर्कलाई प्राथमिकता दिने छन् ।’

धेरैमा तालिबानलाई लिएर विश्वास नरहेको अवस्थामा सबै पक्ष, सहयोग, क्षेत्र र विशेष गरि महिलाहरुको विश्वास प्राप्त गर्नु तालिबानको चुनौति रहेको पनि घानीले बताउनु भएको छ ।

तालिबान विद्राेही समूह राजधानी काबुलकाे बाहिरी क्षेत्रमा पुगेपछि राष्ट्रपति घानीसँगै उपराष्ट्रपति अमरुल्ला सालेहले पनि हिजाे अफगानिस्तान छाड्नु भएकाे हाे । घानी अफगानिस्तानबाट ताजकिस्तान पुग्नुभएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*