अफगानिस्तानको अपमानका लागि बाइडेनले राजीनामा दिनुपर्छ – ट्रम्प

जनपत्र
३२ श्रावण २०७८, सोमबार ११:२२

काठमाण्डाै – विद्रोही समूह तालिबानले अफगानिस्तानलाई कब्जामा लिएपछि विश्वको ध्यान त्यतै केन्द्रित भएको छ ।

२० वर्षदेखि त्यहाँ रहेका आफ्ना सैनिक अमेरिकाले फर्काएसँगै ग्रामीण क्षेत्रमा मात्रै सीमित तालिबानले सहर केन्द्रित आक्रमण थालेको थियो । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटनालाई लिएर राष्ट्रपति जो बाइडेनको आलोचना गर्नु भएको छ ।

उहाँले बाइडेनको राजीनामा मानु भएको छ । ट्रम्पले भन्नु भएको छ, ‘अफगानिस्तानको अपमानका लागि बाइडेनले राजीनामा दिनुपर्दछ ।’ ट्रम्पले आफू अमेरिकाको राष्ट्रपति भएको भए अफगानिस्तानमा यस्तो अवस्था नआउने पनि दाबी गर्नु भएको छ ।

तालिबानले कब्जामा लिएसँगै अफगानिस्तानका राष्ट्रपति अशरफ घानीसहित शीर्ष नेताले देश छोडेका छन् । काबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा काबुल छोड्नेहरुको भीड बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*