हेटौंडा उपमहानगरपालिकाद्वारा आन्तरिक श्रोतको २२ करोड ७ लाख राजस्व संकलन

जनपत्र
३२ श्रावण २०७८, सोमबार ०८:०३

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले बितेको आर्थिक वर्ष २०७७–०७८ मा आन्तरीक श्रोत मात्रको २२ करोड ७ लाख २९ जार २ सय २१ रुपैयाँ राजश्व संकलन गर्न सफल भएको छ । बितेको आर्थिक वर्षमा कुनै पनि क्षेत्रमा कर बृद्धी नगरीकन भइरहेका करका दायरालाई बृद्धी गर्दा अनुमान गरे भन्दा धेरै राजस्व संकलन गर्न सफल भएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वताउनुभयो । स्थानीय सरकारमा जनप्रतिनिधिहरु आएपछी कुनैपनि क्षेत्रमा करमा बृद्धी नभएको र संघ र प्रदेश सरकारले बनाएका कानूनका आधारमा कर लिदै आएको मेयर महतले वताउनुभयो ।

एक वर्षको अवधिमा सबै भन्दा धेरै एकीकृत सम्पतीकर ४ करोड ९६ लाख ३१ हजार ५ सय ६९ रुपैयाँ संकलन गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईले वताउनुभयो । पहिलेका वर्षहरुमा घरबहाल कर अत्यन्त थोरै मात्र संकलन हुने गरेको भएपनि बितेको आर्थिक वर्षमा भने घरबहाल कर संकलनमा उपमहानगरपालिकाले बृद्धी गरेको छ । घरभाडामा बस्नेहरुले महिनै पिच्चे बहाल रकम बुझाउने तर, यसको कर संकलन खासै हुन नसकेपनि बितेको आर्थिक वर्षमा भने ३ करोड ३४ लाख १० हजार ९ सय ९८ रुपैयाँ घरबहाल कर संकलन गरिएको चौलागाईले वताउनुभयो । त्यसैगरी उपमहानगरपालिकाले बहाल विटौरीबाट पनि २ करोड २४ लाख एक हजार ६९ रुपैयाँ कर संकलन गरेको छ ।

पूर्वाधार सेवाको उपयोगमा लाग्नेकर एक करोड ८६ लाख १८ हजार ६ सय रुपैयाँ संकलन गरिएको छ । अन्य सेवा तथा शुल्क तथा बिक्रीबाट एक करोड ३९ लाख ७० हजार ६ सय ९ रुपैयाँ संकलन गरिएको छ । विभिन्न प्रकारका शिफारिस दस्तुरबाट २ करोड ९९ लाख ९१ हजार ७ सय ७२ रुपैयाँ, नक्सापास दस्तुरबाट एक करोड ८९ लाख ९३ हजार ९ सय ३९ रुपैयाँ प्राप्त भएको उपमहानगरपालिकाका तत्कालिन राजस्व साखाका प्रमुख रामकृष्ण थापाले जानकारी दिनुभयो । बिभीन्न २२ वटा शिर्षकमा उपमहानगरपालिकाले आन्तरिक राजस्व संकलन गरेको छ ।

नदिजन्य पदार्थमा मात्र ४ करोड ११ लाख संकलन

हेटौंडा उपमहानगरपालिकाले नदिजन्य पदार्थमा मात्र ४ करोड ११ लाख १३ हजार रुपैयाँ संकलन गरेको छ । प्रदेश सरकारलाई समेत यो रकम बाँडफाँड गर्नुपर्ने हुन्छ । त्यसैगरी नदिजन्य पदार्थको लिलाम बिक्रीबाट ७८ लाख ५८ हजार रुपैयाँ संकलन गरिएको उपमहानगरपालिकाका तत्कालिन राजस्व साखाका प्रमुख रामकृष्ण थापाले जानकारी दिनुभयो ।

त्यसैगरी अघिल्लो आर्थिकवर्षमा क्रसर उद्योगहरुसंग असुल गर्न बाँकी एक करोड ८८ हजार रुपैयाँ पनि असुल गरेको छ । वन रोयल्टीको ६० लाख रुपैयाँ संकलन गरिएको उहाँले वताउनुभयो । एपमहानगरपालिकाले माटो बिक्रीबाट १२ लाख १२ लाख ९५ हजार रुपैयाँ संकलन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*