मकवानपुर प्रहरीद्वारा चार जना फरार प्रतिवादी पक्राउ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा वन्यजन्तु सालकको खपटासहित दुई जना पक्राउ
जनपत्र
३२ श्रावण २०७८, सोमबार ०७:४५

विभिन्न अपराधमा सजाय भोगेर फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध गाँजा, चेक अनादर र चोरी मुद्दामा फरार रहेका चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चोरी मुद्दामा फरार रहेका कैलाश गाउँपालिका वडा नं. ८ घर भई मनहरी गाउँपालिका वडा नं. ९ बस्ने १८ बर्षीय राजिन्द्र मोक्तान पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्‍वर रिमालले जानकारी दिए । मकवानपुर जिल्ला अदालतको विसं २०७७ माघ २८ गते फैसलाअनुसार मोक्तानलाई १ बर्ष ४ महिना कैद र २० हजार जरिवाना कैद फैसला भएको थियो ।

त्यस्तै लागुऔषध गाँजा मुद्दामा फरार रहेका रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ३ बस्ने ३० बर्षीय पुर्ण बहादुर गोलेलाई हेटौंडा–२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मकवानपुर जिल्ला अदालतको विसं २०७८ बैशाख १६ गतेको फैसलाले गोलेलाई लागुऔषध गाँजा मुद्दामा १० महिना ५ दिनको कैद फैसला भएको थियो ।

पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशअनुसार निजहरुलाई कैद भुक्तानीका लागि भिमफेदी पठाउने कार्य भईरहेको छ ।

यसैगरी चेक अनादर मुद्दामा दुई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नं. १ बस्ने ३७ बर्षीय पेमा योञ्जन र कैलाश गाउँपालिका वडा नं.२ बस्ने २७ बर्षीय दिल बहादुर नेगी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

योञ्जन र नेगीलाई हेटौंडा उपमहानगरपालिका वडा नं.२ बाट जिल्ला प्रहरी कार्यालय खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । मकवानपुर जिल्ला अदालतले विभिन्न मितिमा गरेको फैसलाको फैसलाले योञ्जनलाई दुई हजार र नेगीलाई एक हजार जरिवाना फैसला भएको थियो ।

यसैगरी प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले एक किलोग्राम ५०० ग्राम सालकको खपटासहित मकवानपुर बकैया गाउँपालिका–२ का ३६ वर्षीय कान्छालाल मोक्तान र सोही ठाउँकै ४० वर्षीय धनबहादुर योञ्जनलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

व्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले सालकको खपटा झोलामा बोकेर बेचबिखन गर्न हिँडिरहेको अवस्थामा बालाजुबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ व्यक्तिलाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रवक्ता महतोले बताए । प्रहरखवरबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*