कोरेअको दुई गोलमा साविक विजेता एट्लेटिको मड्रिडको विजयी सुरुआत

जनपत्र
३२ श्रावण २०७८, सोमबार ०७:११

एन्जल कोरेअको दुई गोल मद्दतमा साविक विजेता एट्लेटिको मड्रिडले स्पानिस ला लिगामा वियजी सुरुआत गरेको छ । आइतबार भएको खेलमा एट्लेटिकोले सेल्टाभिगोलाई २-१ ले पराजित गरेको हो । सेल्टाको मैदानमा भएको खेलमा अर्जेन्टाइन खेलाडी कोरेखले २३औं र ६४औं मिनेटमा गोल गरे । सेल्टाका लागि ५९औं मिनेटमा आएगो आसपासले पेनाल्टीमा एक गोल फर्काए ।

इन्जुरी टाइमको छैटौं मिनेटमा सेल्टाका ह्युगो मालो र एट्लेटिकोका मारियो हेर्मोसोले खेलभावना विपरीत काम गरेपछि सिधै रातो कार्ड पाएका थिए । जितपछि एट्लेटिकोले ३ अंक जोड्दै उपाधि रक्षा अभियान सुरु गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*