बालबालिकालाई बाल श्रमबाट जोगाउन बागमती प्रदेशका मन्त्री बस्नेतलाई ज्ञापनपत्र

जनपत्र
३२ श्रावण २०७८, सोमबार ०७:०३

हेटौंडा । अन्तराष्ट्रिय युवा दिबशको अबसरमा प्रदेश युवा परिषदको सप्ताहब्यापी कार्यक्रम अन्र्तगत कोभिड–१९ संक्रमणको परिवेशमाः बालबालिकालाई बालश्रमबाट जोगाऔं, भन्ने नाराका साथ बालश्रम अन्त्यका लागि सामाजिक बिकाश मन्त्रालयमा ज्ञापन पत्र प्रस्तुत गरिएको छ ।
ज्ञापन पत्र प्रदेश युवा परिषदका कार्यकारि उपाध्यक्ष संतोष चौलागाई र बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडाले संयुुक्त रुपमा सामाजिक बिकाश मन्त्री सरस्वती बस्नेतलाई समाजिक बिकाश मन्त्रालयका सचिब यज्ञ प्रसाद ढुगेंलको उपस्थितीमा हस्तान्तरण गरिएको थियो ।
ज्ञापन पत्र , बागमती प्रदेश युवा परिषद, राष्ट्रिय बाल संरक्षण संजाल नेपाल, स्वतन्त्रता अभियान नेपाल, ग्लोबल मार्च एगेन्स चाईल्ड लेबर र बाल कल्याण समाज मकबानपुर को संयुक्त आयोजनामा प्रस्तुत गरिएको थियो भने उक्त ज्ञापन पत्रमा एक्यबद्धता जनाउने संस्थाहरु नबचिन्तनशिल युवा क्लब, सिबिन नेपाल, मामाघर नेपाल, स्थर बेन्जामीन स्मृती सस्था, नारि सिप सृजना केन्द्र, ग्रामिण महिला सेबा केन्द्र , हिम राईट्स , माईती नेपाल, डेक नेपाल, हामी सक्छौ नेपाल, बिकाशको लागी अभियान नेपाल, मकवानपुर , साथी सहकार्य नेपाल, मकबानपुर , दिगो बिकाश लक्ष्य राष्ट्रिय संजाल नेपाल बागमति प्रदेश रहेका थिए ।

ज्ञापनपत्र ग्रहण हुदै सामाजिक बिकाश मन्त्री माननिय सरस्वती बस्नेतले युवा नै त्यो उमेर समुह हो, जो राष्ट्रको भबिश्यको कर्णधार र बर्तमान समयको बिकाशको साझेदार तथा बिकाश एबं परिबर्तनको संबाहकको शक्ती र सामथ्र्य बोकेका हुन्छन् भन्नुभयो । उहाले युवा जनशक्ति नै देशको आर्थिक, सामाजिक र राजनैतिक रुपान्तरण गर्ने संबाहक हुन भन्ने कुरा हामी सबैले बुझ्न जरुरि रहेको भन्नु हुदै बागमती सरकारले आफ्नो निति तथा कार्यक्रममा बालबालिका र युवालाई प्राथमिकिकरणमा राखेको बारे बताउनु भयो ।

उहाले बागमती प्रदेश सरकारले अफ्नो कार्यक्रम नेपाल सरकारले सन् २०२२ सम्म निकृष्ट प्रकारका बालश्रम तथा २०२५ सम्ममा सबै प्रकारका बालश्रम अन्त्य गर्न लागू गरेको राष्ट्रिय गुरुयोजनाको आधारमा कार्यको थालनी गरेको पनि बताउदै बागमती प्रदेश सरकारको सामाजिक बिकाश मन्त्रालयले बालबालिका संग सामाजिक बिकाश मन्त्री , बाल श्रम अन्त्य गर्ने, बाल अधिकारको संरक्षण गर्ने र युवालाई बिशेष प्राथमिकिकरणमा राखेका पनि बताउनु भयो । उहाले समय सापेक्ष ज्ञापन पत्र अर्थात सरकारलाई सुझाब पत्र पेश गरेकोमा हार्दिक धन्यबाद समेत ज्ञापन गर्दै सहकार्यको लागि समेत आह्वान गर्नु भएको थियो ।

यसै गरि समाजिक बिकाश मन्त्रालयका सचिब यज्ञ प्रसाद ढुंगेलले सरकारलाई सहयोग पुग्ने गरि सुझाब पत्र पेश गरेकोमा आयोजक लाई धन्यबाद ज्ञापन गर्नु हुदै बालश्रम विरुद्दको संवैधानिक प्रावधानलाई ब्यबहारिक रुपमा कार्यान्वयन गरिने बताउनु भयो । उहाले प्रदेश बालबालिका सम्बन्धि ऐन २०७६ लाई ब्यबहारमा उतार्न सामाजिक बिकाश मन्त्रालय कटिबद्ध रहेको पनी बताउनु भयो । बालश्रम निवारणका लागि प्रदेश युवा परिषद मार्पmत युवाहरुको सहभागिता सुनिश्चित गर्न र प्रदेश बाल अधिकार समिती लाई आवश्यक नीतिगत निर्णय र व्यवस्था गरि सामाजिक बिकाश मन्त्रालय बाल श्रम अन्त्य गर्न कृयाशिल रहेको बताउनु भएको थियो ।

प्रदेश युवा परिषदको कार्यकारि उपाध्यक्ष सन्तोष चौलागाईले युवाहरु देशको अमुल्य निधि र अभिन्न अंग हुन । देशको मेरुदण्डनै युवा शक्ति हुन भन्ने कुरामा दुई मत नै छैन भन्नु हुदै कुनै पनि देश बिकाशको लागि युवा शक्ति लाई प्रयोग गर्न सके देश बिकाशको काम दु्रत गतिमा बढने छ र खेर गईरहेको युवा शक्तिको पुर्ण परिचालन हुने छ भन्नु हुदै बाल श्रम अन्त्यको अभियानमा र बाल क्लबबाट ग्रेजुएट भएका युवालाई उचित ब्यबस्थापन गर्न प्रदेश युवा परिषद ले कार्ययोजना बनाउने बारे बताउनु भयो । प्रदेशका युवाको सर्बागिंड बिकाशको लागि योजनाबद्ध तरिकाले प्रदेश युवा परिषद कृयाशिल हुने बारे समेत बताउनु भएको थियो ।

बाल कल्याण समाजका अध्यक्ष एबं राष्ट्रिय बाल संरक्षण संजाल नेपालका राष्टिय सचिब समेत रहनु भएका प्रकाश खतिवडाले बाल श्रमको रुपान्तरण गरि सबल र सक्षम नागरिक बनाउन सके ति देशका अमुल्य युवा हुनसक्ने भएकोले प्रदेश भरि कति बाल श्रमिक छन् तिनको आधारभुत तथ्याकं संकलन गरि योजनाबद्ध रुपमा कार्ययोजना बनाएर कार्य गर्न सकियो भने दिगो बिकाश लक्ष, नेपालको संबिधान २०७२ को धारा ३९, बाल बालिका सम्बन्धी एन २०७५ र प्रदेशको बाल बालिका सम्बन्धि ऐन २०७६ को मुल मर्म र भाबनालाई आत्मसाथ गर्न सहयोग पुग्ने थियो भन्नु हुदै प्रदेशको बालबालिकाको बाल संरक्षण , बिकाश र सहभागिता सुनिश्चित गर्न सहकार्यको लागि अनुरोध गर्नु भएको थियो । उहाले कोभिड तेस्रो भरियन्ट बाट बालबालिका बढि प्रभाबित हुन सक्ने भनि गरिएको प्रक्षेपण बाट बालबालिका बिशेष गरि श्रममा संलग्न बालबालिकालाई जोगाउन समाजिक बिकाश मन्त्रालयलाई आग्रह समेत गर्नु भएको थियो ।

पुर्ब बालश्रमिक र हालका नबचिन्तनशिल युवा क्लबका अध्यक्ष संजय लोप्चनले ज्ञापन पत्र पढेर सुनाउनु हुदै हिजोको दिनमा बाल श्रमिक भएर काम गरिरहदा आफुले पाएको पिडा बताउनु हुदै त्यो पिडा सहेर पढदै गरेको कारण आज रोजगारी भएको र अब मास्टर्सको लागि बिदेश जाने कुरा बताउदै अफ्नो बाल श्रम रुपमन्तरणमा सहयोग गरेकोमा बाल कल्याण समाज मकबानपुर लाई सधै संझीरहने बताउदै बाल श्रम अन्त्यको लागि सरकार संगै आफु र आफ्नो युुबा क्लब पनि परिचालन हुने बताउनु भएको थियो ।

ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा जिल्ला युवा समिती का अध्यक्ष शिबहरि दहाल, नारिसिप सृजना केन्द्रका कार्यकारि निर्देशक चिरन्जिबी पौडेल, ग्रामीण महिला सेबा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपाने, शिक्षा का लागि राष्टिय अभियानका जिल्ला संयोजक बुद्ध बिर लामा, डेक नेपालको कार्यक्रम संयोजक मान बा। बाईबा, माईती नेपालको कार्यक्रम संयोजक माया लामा, हिमराईट्को कार्यक्रम संयोजक कुमारि बाईबा, मामाघर नेपालको सचिब रंजीता सिलबाल, नानीमाया सापकोटा गौतम लगायतका ब्यक्ति तथा अभियन्ताहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*