बागमती प्रदेशसभा बैठक भदौ १ गतेका लागि आह्लान

जनपत्र
३१ श्रावण २०७८, आईतवार १८:४४

मकवानपुर — वाग्मती प्रदेशसभाको बैठक बोलाइएको छ । बजेट पारित गरेपछि गत असार २८ मा स्थगित भएको प्रदेशसभा बैठक करिब १ महिनापछि मंगलबार बस्न लागेको हो ।

सोमबार दिउँसो ४ बजे कार्यव्यवस्था परामर्श समिति बैठक र भदौ १ गते मंगलरबार दिनको २ बजे प्रदेशसभाको बैठक बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधन दर्ता भएको छ ।

प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यका अनुसार उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक यसअघि नै दर्ता भएका थिए । चालू वर्षको नीति, कार्यक्रम तथा बजेट पास गरेसँगै पहिलो पटक प्रदेशसभा बैठक बस्न लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*