रापती खोलाले बगाउँदा राक्सिराङका वाइवा बेपत्ता

जनपत्र
३१ श्रावण २०७८, आईतवार १८:३२

हेटौंडा । मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा राप्ती खोलाले बगाउदा एक पुरुष बेपत्ता भएका छन् । राक्सिराङ ३ लावती घर भएका ४० बर्षीय हिरालाल वाइबालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताउनुभयो । उहाँका अनुसार आइतबार बिहान च्याऊ खोज्न गएका ८ जना राप्ती खोला तर्ने क्रममा एकजना बेपत्ता भएका हुन् ।

खोलामा बगेका उनको खोजीकार्य गरिए पनि हालसम्म फेला परेका छैनन । अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उनको खोजी गरिरहेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*