नेपालमा कोरोना : ३३ जनाको मृत्यु, सक्रिय संक्रमित संख्या ३९ हजार बढी

जनपत्र
३१ श्रावण २०७८, आईतवार १७:५२

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको कुल १२ हजार १ सय ६ परीक्षण गर्दा सो परिमाणमा संक्रमितहरु थपिएका हुन् । योसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार २ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण थप ३३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २ सय ९२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट कुल १ हजार ८ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*