तालिबानी उपप्रमुख मुल्ला बरादर काबुल प्रवेश, सत्ता सुम्पने बारे वहस

जनपत्र
३१ श्रावण २०७८, आईतवार १७:४७

तालिबानले अफगानिस्तानलाई करिव पूर्ण रुपले कब्जा गरेपछि काबुललाई पनि कब्जा गर्ने तयारी गरिरहेको छ । यस कुरालाई तीन अफगान अधिकारीले पुष्टि गरिसकेका छन् । ताजा जानकारी अनुसार तालिबानका नम्बर २ नेता मुल्ला बरादर अफिगानिस्तानका राष्ट्रपति अशरफ घानीसंग सत्ता हस्तान्तरणका लागि कुरा गरिरहेका छन् ।

अली अहमद जलालीलाई अशरफ धानीले राष्ट्रपतिको सत्ता सुम्पिने बताइएको छ । तालिबानले सबैभन्दा ठूलो बगराम जेलमा कब्जा गरेका छन् । त्यहाँ बन्द भएका तालिबानी कैहीहरुलाई मुक्त गरेका छन् । त्यसलाई अमेरिकाद्वारा नियन्त्रित गरिँदै आएको थियो, तर जुलाई १ पछि अफगानिस्तान सेनाले नियन्त्रणमा लिएको थियो । यसैबीच, केही समय अगाडि मात्र एयर इन्डियाको उडान एआई२४३ काबुल हवाई अड्डामा उत्रेको छ ।

अफगानिस्तानका कार्यवाहक गृह मन्त्री अब्दुल सत्तार मिर्जकवाल भन्छन् –‘काबुलमा हमला हुँदैन, सत्ता परिवर्तन शान्तिपूर्वक ढंगले हुन्छ । काबुलको सुरक्षाको जिम्मेवारी सेक्योरिटी फोर्सको हो । अहिले लडाकु राजधानी भन्दा बाहिर नै रहन्छन् र जबसम्म सत्ता हस्तान्तरणको प्रक्रिया पूरा हुँदैन, तब उनीहरु भित्र प्रवेश गर्दैनन् ।’

यो भन्दा पहिला शनिवार तालिबानले जलालाबादमा पनि कब्जा गरेका थिए । त्यसपछि काबुल मात्र ठूलो शहर बचेको थियो, जसलाई तालिबानको आतंकबाट सुरक्षित मानिएको थियो । जलालाबादमा कब्जा गरेर तालिबानले राजधानी काबुललाई देशको पूर्वी भागबाट काटेको थियो । आम जनतालाई बचाउनका लागि जलालाबादका गभर्नरले कुनै संघर्ष बिना नै आत्मसमर्पण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*