सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढ्यो

जनपत्र
३१ श्रावण २०७८, आईतवार १२:१६

काठमाण्डाै – कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको छ ।

सुन भाउ आज तोलाको ९० हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुन तोलामा ८९ हजार ७ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय १० रुपैयाँ तोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*