हेटौंडा अस्पतालमा अझै पनि सेवा बृद्धी गर्दैछौं–मुख्यमन्त्री पौडेल

जनपत्र
३१ श्रावण २०७८, आईतवार १०:४६

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा अस्पताल अझै पनि सेवा बृद्धी गर्न आफुहरु लागिपरेको वताउनुभएको छ । उद्योग संघ मकवानपुरले हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको अक्सिजन प्लान्टको उद्घाटन् गर्दै उहाँले अस्पतालमा अहिले पनि डाक्टरसंगै सेवा पनि बृद्धी भएको र अझै पनि धेरै खालका सेवा बढाउँदै लैजाने वताउनुभयो ।

हेटौंडा अस्पताल हिजो कहाँ थियो अहिले कहाँ पुगेको छ भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको वताउनुभयो । हिजो तीन जना मात्र डाक्टरले दिएको सेवा अहिले ५० जना भन्दा बडी डाक्टरले धेरै प्रकारका सेवा दिएको उहाँले वताउनुभयो । दुइ वर्ष भित्रमा पाँच सय बेढको अस्पताल निर्माण गर्ने लषका साथ भवन निर्माणको काम भइरहेको वताउनुभयो ।

५० वेढको स्वीकृत अस्पतालाई अब भने पाँच सय बेढको वनाउन धेरै मेहनत गरिएको वताउनुभयो । सामाजिक सेवाको भावनाले यो अस्पताल निर्माण गरिएको वताउनुभयो । शिक्षा र स्वास्थ्यमा हेटौंडा अगाडी बढेको वताउनुभयो ।

अबको ६ महिना भित्रमा यो अस्पतालमा धेरै खालका सेवा दिन आफुहरु तयारी अवस्थामा रहेको वताउनुभयो । अब हामिले एकीकृत रुपमा अस्पताल बनाउने काम सुरु गर्नुपर्ने वताउनुभयो । अब आयुरवेदीक अस्पताललाई पनि प्रदेश सरकारले जोड दिएको वताउनुभयो । सबैको सानो सानो सहयोगबाट पनि धेरै काम गर्न सकिने वताउनुभयो ।

स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याइएको वताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो–‘प्रदेश सरकारले चलाएका कुनैपनि अस्पतालमा अक्जिनको अभाबमा ज्यान गुमाउनुपर्ने अवस्था श्रृजना हुन दिने छैन । हामीले प्रदेश मातहतका अस्पतालमा अक्सिजन प्लान्ट र पीसीआर मेसिन राख्दै छौं ।’

स्वास्थ्यका क्षेत्रमा ठुलो परिवर्तन ल्याउनका लागि आफुहरु लागिपरेको उहाँले वताउनुभयो । हेटौंडामा प्रदेशको राजधानी भएकाले यहाँ अस्पताल ५ सय बेढको निर्माण गर्नका लागि सहज भएको उहाँले वताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले सबैको सहयोगबाटनै कोरोना नियन्त्रण र उपचारका लागि काम गरिएको वताउनुभयो । सबै सहयोगिहरु प्रति धन्यवाद दिदै उहाँले भन्नुभयो–‘अस्पतालका लागि अक्सिजन प्लान्ट सहयोग गरेर राम्रो सहयोग पुगेको छ । सहयोगि हातहरु प्रति धन्यवाद छ ।’ कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*