हेटौंडा अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण, दैनिक १२० शिलिण्डर अक्सिजन उत्पादन

जनपत्र
३१ श्रावण २०७८, आईतवार १०:३१

हेटौंडा । उद्योग संघ मकवानपुरले हेटौंडा अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । कोरोना संक्रमणका बिरामी अस्पतालमा थपीदै गएपछी निजी क्षेत्रका उद्योगी, व्यावसायीहरुको सहयोगमा उद्योगसंघ मकवानपुरले प्लान्ट खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको हो । अक्सिजन प्लान्टको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन् गर्नुभयो ।

यस प्लान्टबाट दैनिक एक सय १५ देखि १ सय २० शिलिण्डर सम्म अक्सिजन उत्पादन हुने छ । ३१ जना सहयोगी हातहरुबाट रकम संकलन गरेर उद्योगसंघ मकवानपुरले एक करोड ३६ लाख ९५ हजार रुपैयाँ लागतमा अक्सिजन खरि गरेर अस्पताललाई हस्तान्तरण गरिएको हो ।
उद्योगसंघ मकवानपुरका अध्यक्ष लेखराज पोख्रेलले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईलाई अक्सिजन प्लान्ट हस्तान्तरण गर्नुभयो । यसअघि हेटौंडा उपमहानगरपालिकाले पनि अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिसकेको र त्यसबाट अक्सिजन उत्पादन भइरहेको मेयर हरि बहादुर महतले वताउनुभयो ।

कोरोना महामारीका कारण अक्सिजन नपाएर अस्पतालमा बिरामी छट्पटीएकै बेलामा उपमहानगरपालिकाले दाताहरुको सहयोगमा प्लान्ट स्थापना गरेर हस्तान्तरण गरेको थियो । उपमहानगरपालिकाकै लागनीमा अस्पतालमा डायलासिस सेवा पनि सुरु भएको छ । मकवानपुरका मृगौलाका बिरामीहरुले चितवन, काठमाण्डौ जाने भन्दा पनि हेटौंडा अस्पतालबाटनै यो सेवा लिनका लागि मेयर महतले आग्रह गर्नुभयो । डायलासिस सेवा लिनका लागि चितवन र काठमाण्डौ जादै आएका केही विरामीले अस्पतालबाट सेवा लिदै आएका छन् ।

हेटौंडा अस्पताललाई कोरोना अस्पतालको रुपमा प्रयोग गरिएको छ । कोरोनाको दोस्रो लहरका बिरामीहरुलाई अस्पतालमा अक्सिजनको अभाव भएर बिरामीहरु अन्यत्र रिफर गर्नु परेको थियो । ‘अब त्यस्तो समस्या व्यहोर्नु पर्दैन,अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले भन्नुभयो,‘हेटौंडाका उद्योगीहरुको सहयोगका कारणले अब विरामीको उपचारको निम्ति हेटौंडा अस्पतालमा अक्सिजनको समस्या हुँदैन ।’

अस्पतालमा अहिले ३९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । अस्पतालमा १७ बेड आईसीयू, १६ शय्याको एचडीयू, भेन्टिलेटरसहितको ६ वटा र आकस्मिक कक्षमा ८ वटा बेड रहेका छन् । अस्पतालमा अहिले १ सय २० शय्या छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*