हेटौंडामा कोरोनाको जोखिम कम गर्न मोलपोत र नापी कार्यालय बन्द, सवारीमा जोरविजोर कार्यान्वयन भएन

जनपत्र
३१ श्रावण २०७८, आईतवार ०९:२०

हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र कोरोना भाइर संक्रमणको जोखिम निकै बढेको भन्दै आज देखि जिल्ला मालपोत कार्यालय र नापी कार्यालय वन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको जोखिम कम गराउनका लागि दुइ वटा कार्यालय वन्द गरेको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेको अध्यक्षतामा केही दिन अघि बसेको बैठकले आज बाट एक हप्ताको लागि मालपोत कार्यालय र नापी कार्यालय वन्द गरिएको हो ।

पछील्ला दिनहरुमा कोरोनाको जोखिम बढ्दै गएको र बजार क्षेत्रमा भिड बढ्दै गएकाले आम नागरिकहरु सचेत रहनका लागि हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले आग्रह गर्नु भएको छ । जिल्लाका दश वटै स्थानीय तह मध्यमा उपमहानगरपालिकामा कोरोनाका बिरामी धेरै रहेकाले यसलाई न्युनिकरण गर्नका लागि सामाजिक दुरी कायम गर्ने र स्वास्थ्य साबधानी अपनाउनका लागि पनि मेयर महतले आग्रह गर्नुभयो ।

प्रशासन कार्यालय मकवानपुरले प्रदान गर्दै आएको सेवामा आजबाट आलोपालेको व्यवस्था गरेको हो। कोरोना संक्रमण रोकथाप तथा नियन्त्रणका लागी प्रशासन कार्यालय मकवानपुरले प्रदान गर्ने सेवा प्रवाहमा परिवर्तन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

प्रशासन कार्यालय मकवानपुरबाट प्रदान गरिदै आएको नागरिकता, राहदानी वितरण र नवीकरण सम्बन्धी सेवा सातामा फरक फरक दिनमा प्रवाह गरिने छ । एक साता नागरिकता र राहदानीको प्रतिलिपि प्रदान गरिने छ भने अर्को साता नयाँ नागरिकताको सेवा प्रदान गरिर्ने प्रजिअ पाण्डेले बताउनुयभो । यस्तै प्रशासन कार्यलयले प्रदान गर्दै आएको शान्ति सुरक्ष, मुद्दा, विपद व्यवस्थापन लगाएतका सेवा भने नियमित प्रदान गरिने बताइएको छ ।

प्रशासनले कोरोनाको जोखिम कम गर्नका लागि सवारीका साधनमा जोर बिजोर लागू गरेपनि त्यसको कायान्वयन भने अन्यन्तै फितलो बनेको छ । हेटौंडामा भिड नियन्त्रण गर्नका लागि जोर विजोर लागू गरिए पनि कार्यान्वयन हुन नसकेको हो । कोरोना नियन्त्रणका लागि प्रशासनले आफ्नै कार्यालयको सेवामा पनि पालो लगाएको छ ।

मकवानपुरमा पछिल्लो साढे तीन महिना अघिदेखि निषेधाज्ञा जारी रहेको छ । प्रशासनले गएको सोमबारबाट निजि तथा सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली, निषेधाज्ञाको अवज्ञा गर्ने पसलहरुलाई जरिवाना लगाउँदै निषेधाज्ञालाई कडाई गरिरहेको छ । तर, कार्यान्वयन कम भएको स्थानीय वासिन्दाहरु वताउँछन् ।

प्रशासनले जारी निषेधाज्ञामा अत्यावश्यक उपभोग्य बस्तु खाद्यान्य, मान्छा, मासु, तरकारी, फलफुल, दुध, पानि अण्डा पसलहरु बिहान ५ बजे देखी बिहान १० बजे सम्म खोल्न पाईने र गरैखाद्यान्य तथा अन्य पसलहरु दिउँसो १२ बजे देखी बेलुका ४ बजे सम्म संचालन गर्न दिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*