हेटौंडा–४ मा एमाले निकट युवासंघको भेला

जनपत्र
३० श्रावण २०७८, शनिबार १७:१०

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा नेकपा एमाले निकटको युवासंघ नेपालको वडा कमिटी गठन गरिएको छ । भेलाले युवा संघ, नेपाल हेटौँडा ४ मा मुकेश भुजेलको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा सन्तोष मानन्धर, अमन श्रेष्ठ, सचिवमा शुभम् लम्साल, सहसचिवमा श्रीषा ढकाल, रिवेश केसी चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरू अनुप मानन्धर, रोशन सुवेदी, रामेश्वर दहाल, बाबुराजा थापा, प्रदीप राउत, स्वेता श्रेष्ठ, अजित भुजेल, सुमन लम्साल, नवीन पुजारी, अजय बजगाईँ, सल्लाहकारहरूमा रामकृष्ण खाती र अजय बजगाईँ चयन भएका छन् ।

आजैको भेलाले  मदन भण्डारी स्पोटर्स् एकेडेमीमा समीर खानको अध्यक्षतामा १७ सदस्यीय हेटौडा ४ नंम्बर वडा कमिटी गठन गरिएको छ । उपाध्यक्षमा राजु श्रेष्ठ, सचिव सिद्वान्त पुडासैनी, सहसचिव समीर सापकोटा, कोषाध्यक्ष रन्जु पराजुली, सदस्यहरू अभिषेक लम्साल, विनोद मुखिया, कपिल गौतम्, गंगा मैनाली, रोहित शर्मा, विशाल खरेल, अनुज मैनाली,मनिष सुवेदी, सरोज ठकुरी, उपेन्द्र श्रेष्ठ, रमेश देउला चयन भएका छन् । भेला नेकपा एमाले ४ नंम्बर वडा अध्यक्ष राजेन्द्र बस्ताकोटीको अध्यक्षता सम्पन्न भएको पार्टी वडा सचिव जनरल श्रेष्ठले बताउनुभयो ।

एकार्यक्रमलाई संबोधन गदै संबिधानसभाका सदस्य अनन्त पौडेललेनेपालको राजनीतिमा नेकपा एमालेको विकल्प नभएको वताउनुभयो । युवा भेलालाई सम्बोधन गर्दै राष्ट्रियता, लोकतन्त्र, विकास र समृद्विको लागि नेकपा एमालेको नेतृत्वमा केपी ओली सरकारले गरेको कामबाट प्रमाणित भएको बताउनुभयो । नेता भित्र केही विवाद देखिएपनि कार्यकर्तामा कुनै विवाद नभएकोले नेकपा एमाले पुन पहिलो शक्तिको रूपमा स्थापित हुने भन्दै अवको राजनीतिमा युवाहरूले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने पौडेलले बताउनुभयो ।

मुलुकको विकास र समृद्वि अब युवा कै नेतृत्वमा अगाडि बढ्ने बताउँदै पार्टीले युवालाई अगाडि बढाउन प्राथमिकता दिने पौडेलले बताउनुभयो । कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य नवीन सिग्देल, नेकपा एमाले जिल्ला सदस्यहरू सानु लामा, सन्तोष पौडेल, यम सिलवाल, युवा संघ नेपालका जिल्ला अध्यक्ष लक्ष्मण उप्रेती, नेकपा एमाले हेटौँडा उपमहानगरपालिका सचिव बोलबहादुर कार्की, मदन भण्डारी स्पोटर्स् एकेडेमी जिल्ला अध्यक्ष प्रकाश सुवेदी, नगर अध्यक्ष सविन लामा, अनेमसंघ वडा कमिटी, अध्यक्ष गीता त्रिपाठी, युवा नेता विक्रम लामिछाने लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*