मकवानपुर जिल्ला तेकन्दो कार्यसमितिको पुनगठन

जनपत्र
३० श्रावण २०७८, शनिबार १५:५३

हेटौंडा । मकवानपुर जिल्ला तेकन्दो कार्यसमितिको छैठौं पुनरगठन कार्यक्रम आज गरिएको छ । कार्यक्रमको उद्घाटन् गर्दै हेटौंडा उपमानगरपालिकाका मेयर हरि बहादुर महतले खेलक्षेत्रको बिकासका लागि स्थानीय सरकारले सक्दो सहयोग गरेको वताउनुभयो । हेटौंडाका १९ वटै वडामा खेलकुदका संरचना निर्माणको कामसंगै खेलाडी उत्पादन समेत भएको वताउनुभयो ।

खेलकुदका साना र ठुला संरचना निर्माण भइरहेको र आफुहरुले पनि प्राथमिकता दिएको मेयर महतले वताउनुभयो । कार्यक्रममा हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रमबाट तेकन्दो मकवानपुरको जिल्ला समिति नयाँ गठन गरिएको छ ।

मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिको अध्यक्षमा पुनःलालकाजी रत्न बज्राचार्य सर्वसम्मत चयन हुनु भएको छ। यस्तै प्रथम उपाध्यक्षमा निरु कुमारी मगर द्वितीय उपाध्यक्ष ओम कुमार लामा, सचिवमा बिक्रम लामिछाने, सह सचिवमा सुरेशा ढुंगाना, कोषाध्यक्षमा रबिन्द्र डङ्गोल लगायत चयन हुनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*