कोरोनाका कारण मकवानपुरमा शिक्षा क्षेत्रमा परेका चुनौति र अवसरहरुका सम्बन्धमा अन्तरक्रिया

जनपत्र
३० श्रावण २०७८, शनिबार १५:३०

हेटौंडा । कोरोनाका भाइरसको संक्रमणका कारण मकवानपुरमा शिक्षा क्षेत्रमा परेका चुनैति र अवसरहरुका सम्बन्धमा आज हेटौंडा क्याम्पसमा अन्तरक्रिया कायृक्रम गरिएको छ । क्याम्पस प्रमुख देव चन्द्र मानन्धरको अध्यक्षता तथा राष्ट्रिय परिक्षा बोर्ड हेटौंडामा प्रमुख कृष्ण प्रसाद घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा सहभागी शिक्षकहरुले कोरोनाको कारणले शिक्षा क्षेत्रमा धेरै असर पारेपनि तीनै तहकै सरकारले खासै चासो नदेखाएको, कोरोनाले विद्यार्थीहरुलाई प्रबिधिसंग नजिक तुल्याएको, आर्थिक अवस्था कमजोर, ईन्टरनेटको पहुँच नभएर, भौगोलिक अवस्था आदि कारणले सबै बिद्यार्थीहरुलाई बैकल्पिक शिक्षा पद्धतिको पहुँचमा ल्याउन नसकेको, शिक्षामा ग्रेडिङ पद्धति लागू भएदेखी विद्यार्थीमा नपढेनी पास हुन्छ भन्ने मानसिकता भएकोले शैक्षिक गुणस्तर खस्किँदै गएको बिषयलाई सरोकारवाला निकायले ध्यान दिनुपर्नेकुरामा जोड दिइएको छ ।
कार्यक्रममा हेटौंडा क्याम्पसले कक्षा ११ र १२ को दिवा कक्षा मात्र संचालन गर्ने योजना अगाडी सारिएको छ । कार्यक्रममा सामुदायिक विद्यालयका प्रधानध्यापक, शिक्षक प्रतिनिधि र संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*