भरतपुर विमानस्थलमा भएको आगलागी नियन्त्रणमा

जनपत्र
३० श्रावण २०७८, शनिबार १०:४०

चितवन  – भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ ।

आज बिहान ६ः४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको आगलागी बिहान ७ बजे नियन्त्रणमा आएको हो । त्यही रहेका अग्निनियन्त्रक साधनले आगो नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो।

आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको उहाँले बताउनुभयो । आगलागीबाट भएकाे क्षतिको विवरण भने आइनसकेकाे उहाँले बताउनु भयाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*