स्पेनिस ला लिगामा भ्यालेन्सियाको विजयी सुरुवात

जनपत्र
३० श्रावण २०७८, शनिबार ०९:३९

काठमाण्डाै  – स्पेनिस ला लिगामा भ्यालेन्सियाले विजयी सुरुवात गरेको छ ।

घरेलु मैदानमा आज बिहान भएको खेलमा गेटाफेलाई १–० ले हराउँदै भ्यालेन्सियाले विजयी सुरुवात गरेको हो ।

भ्यालेन्सियाको जितमा कार्लोस सोलेरले खेलको ११ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक भयो ।

ह्युगो गुइलामोन रातो कार्ड पाएर बाहिरिएपछि भ्यालेन्सिया सुरुवातदेखि नै १० खेलाडीमा समेटिएको थियो । त्यस्तै खेलको ७६ औं मिनेटमा गेटाफेका इरिक कावाको दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएका थिए ।

ला लिगामा आज चार खेल हुँदैछन् । मलोर्का र रियल बेटिस, क्याडिज र लेभान्टे, एलाभेस र रियल मड्रिड, ओसासुना र इस्पान्योल खेल्दैछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*