भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा इङ्ग्ल्यान्डको खराब सुरुवात

जनपत्र
३० श्रावण २०७८, शनिबार ०८:०६

काठमाण्डाै – घरेलु टिम इङ्ग्ल्यान्डले भारतविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा खराब सुरुवात गरेको छ ।

लर्ड्समा भइरहेकाे टेस्टको दोस्रो दिनको खेल सकिँदासम्म इङ्ग्ल्यान्डले ३ विकेट गुमाएर १ सय १८ रन जोडेको छ । दोस्रो दिनको खेल सकिँदासम्म पहिलो इनिङ्समा इङ्ग्ल्यान्ड २ सय ४६ रनले पछि रहेको छ । इङ्ग्ल्यान्डका कप्तान जोए रुट ४९ रनमा अविजित रहेका छन् ।

भारतका मोहमद सिराजले २ तथा मोहमद शामीले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्समा ३ सय ६४ रन जोड्दा अलआउट भएको थियो । भारतका लागि केएल राहुलले १ सय २९ रनको शतकीय इनिङ्स खेले  ।

रोहित शर्मा ८३ रन बनाएर आउट हुँदा कप्तान विराट कोहली ४२ रनमा आउट भए । रविन्द्र जडेजाले ४० तथा ऋषब पन्तले ३७ रन बनाए । पाँच खेलको टेस्ट सिरिज अन्तर्गत वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*