अर्घाखाँचीमा पहिरोमा पुरिएर एक जनाको ज्यान गयो

जनपत्र
३० श्रावण २०७८, शनिबार ०८:०२

अर्घाखाँची  – अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ ।

पाणिनी गाउँपालिका–५ मैदानमा खसेको पहिरोमा परि धातिवाङ्ग घर भएका अन्दाजी ४५ वर्षका मानबहादुर सुनारको ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनु भयो ।

स्थानीय मेघराज घिमिरेको घरमा प्लास्टर गर्ने क्रममा हिजो  बेलुका ५ बजेतिर घर माथिबाट आएको पहिरोमा पुरिनु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*