‘एमसीसीमा राष्ट्रिय सहमति गर्नुपर्ने आवश्यकता किन आइलाग्यो ?’

जनपत्र
३० श्रावण २०७८, शनिबार ०६:२५

नेकपा (एमाले) की सांसद निरूदेवी पालले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० मान्य नहुने बताएकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद पालले विकासका नाममा बाह्य शक्तिको हस्तक्षेप कुनै हालतमा सैह्य नहुने बताइन् ।

“एमसीसीजस्तो राष्ट्रघाती सम्झौताको लागि राष्ट्रिय सहमति गर्नुपर्ने आवश्यकता किन आइलाग्यो सभामुख महोदय रु एमसीसीले तयार पारेको प्रस्तावनामा तयार पारेको उल्लेखित अवधारणामा नेपाल सरकारले छलफल गर्न, व्यवस्था बुझ्न र स्पष्टिकरण सोध्नसमेत पाउने छैन । एमसीसी सम्झौतामा भएको कानुन नेपालको संविधानसँग बाँझिएको खण्डमा स्वतः नेपालको संविधानमा उल्लेखित कानुन लागु हुनुपर्ने होइन र रु दुवै कानुन बाँझिएको खण्डमा एमसीसीमा उल्लेखित कानुन लागु हुने भनिएको छ,” उनले भनिन्,“एमसीसी परियोजनाका लागि मागिएको भूभाग र स्रोत अर्को कुरा गर्न नपाउनेगरी कानुनी रूपमा हस्तान्तरण गर्न भनिएको छ ।” सम्बोधनका क्रममा उनले एमसीसी खारेज गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

“आधारहरू काफी छैनन् र सभामुख महोदय एमसीसी खारेज गर्नका लागि रु विकासका नाममा बाह्य शक्तिको हस्तक्षेप कुनै हालतमा सैह्य हुनेछैन,” उनले भनिन् । बाह्रखरीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*