बालुवाटारमा धर्नामा बसेका मकवानपुरका १३ जना शिक्षक पक्राउपछी रिहा

जनपत्र
२९ श्रावण २०७८, शुक्रबार १९:५५

हेटौंडा । प्रधानमन्त्री निवास बालुवाटारमा धर्नामा बसेका मकवानपुरका १३ जना शिक्षकलाई प्रहरीले पक्राउ गरेर रिहा गरेको छ । आफ्ना मागहरु राख्दै धर्नामा बसेका मकवानपुर सहित देशका बिभीन्न जिल्लाबाट काठमाण्डौ पुगेर धर्नामा बसेका शिक्षकलाई प्रहरीले धरपकड गरेर पक्राउ गरेको थियो ।

आफ्ना शान्तिपूर्ण मागहरु राख्दा पनि प्रहरीले पक्राउ गरेको नेपाल शिक्षकसंघ मकवानपुरका उपाध्यक्ष गणेश प्रसाद हुमागाईले वताउनुभयो । पेसागत अधिकारका माग राख्दा सरकारले पक्राउ गर्ने काम जायज नभएको उहाँले वताउनुभयो । मकवानपुरका १३ जना सहित अरु जिल्लाका शिक्षकहरु फत्राउ परेका थिए ।

नेपाल शिक्षक महासंघको संघिय कार्यसमितिको आयोजनामा प्रधानमन्त्री कार्यालय वालुवाटारमा भएको शान्तिपूर्ण धर्नामा सहभागी मकवानपुरका शिक्षकहरु पक्राउ परेका हुमागाईले वताउनुभयो ।

शिक्षक संघ मकवानपुरका उपाध्यक्ष हुमागाँई सहित नेपाल शिक्षक महासंघ मकवानपुरका सचिव राजु गौतम, अण्टुका बरिस्ठ उपाध्यक्ष राजु घिमिरे, नेपाल शिक्षक संघ हेटौंडा नगर समिति अध्यक्ष ज्ञानेन्द्र बर्तौला, नगर सदस्य लोक जिम्बा र थाहाानगरका शिक्षक विनोद सुवेदी,विक्रम गोपाली,महेन्द्र प्रधान,जंग बहादुर लामा,के वी विष्ट,सानुभाई कार्की,राजेन्द्र विष्ट, मान बहादुर बुढाथोकी र सुरेन्द्र गोले समेत रहेका छन् ।

पक्राउ परेका शिक्षकहरुलाई महानगरीय प्रहरी बृत कमलपोखरिमा राखिएको र पछी छाडिएको हो । धर्नामा बसेका केन्द्रीय समितिका अन्य केहिलाई पनि पक्राउ गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*