हेटौंडा राजधानी भएपछी यहाँ आमुल परिवर्तन भएको छ–मुख्यमन्त्री पौडेल

जनपत्र
२९ श्रावण २०७८, शुक्रबार १८:०५

हेटौंडा । जिल्ला समन्वय समिति मकवानपुरको छैठौं जिल्ला सभा आज हेटौंडामा भएको छ । कार्यक्रमको उद्घाटन् गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौंडामा राखिएपछी यहाँ आमुल परिवर्तन भएको वताउनुभयो ।

प्रदेशको स्थायी राजधानी पनि निकै कठिनाइका साथ राखिएको वताउँदै उहाँले भन्नुभयो–‘यदी राजधानीका विषयमा खुल्ला मतदान भएको भए तीन मत मात्र आउँथ्यो । यहाँ तपाइहरुले जिताएकाहरुले पनि राजधानीका पक्षमा मतदान गर्दैनथे । तर आज राजधानी भएपछी आमुल परिवर्तन आएको छ ।’ अहिले हेटौंडाको स्वास्थ्य क्षेत्रमा निकै विकास भएको उहाँले वताउनुभयो । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले नेतृत्व गर्ने व्यक्तिले आफ्नो भूमिका आफै खोज्नुपर्ने बताउनुभएको छ ।

उहाँले जिल्ला समन्वय समिति मकवानपुरले प्रदेशको १३ जिल्ला मध्ये उत्कृष्ट काम गरेको बताउनुभयो । अन्य जिल्ला समन्वय समितिहरु भन्दा मकवानपुरको नेतृत्व राम्रो रहेको बताउनुभयो । समन्वय, सहजीकरण गर्न, स्थानीय तह, प्रदेश र संघीय सरकारसँग जिसस मकवानपुर अब्बल रहेको मुख्यमन्त्री पौडेलको भनाई छ ।

मुख्यमन्त्री पौडेलले अहिले जताततै स्थानीय सरकारमा अध्यक्षले उपाध्यक्षलाई काम गर्न दिएन, मेयरले उपमेयरलाई काम गर्न दिएन भन्ने गुनासो भएको भन्दै आफुसँग भएको अधिकारको प्रयोग गर्न आग्रह गर्नुभयो । स्थानीय तहमा अध्यक्षले भन्दा उपाध्यक्षलाई बढी अधिकार भएको भन्दै मुख्यमन्त्री पौडेलले आफ्नो भूमिका आफै खोज्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाली काग्रेश मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, थाहा नगरपालिकाका मेयर लबशेर विष्ट लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको हो ।

मकवानपुरको उत्तरी क्षेत्रको थाहा नगर जिल्लाको १० स्थानीयतह मध्ये उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रथम भएको छ । जिल्ला समन्वय समितिले गरेको कार्य प्रगतिको मुल्यांकनको आधारमा मकवानपुरको थाहा नगर तेस्रो पटक प्रथम भएको हो । यस्तै जिल्लाको मनहरी गाउँपालिका दोस्रो भएको छ भने बकैयाँ गाउँपालिका तेस्रो भएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरले आफ्नो छैठौं जिल्ला सभामा प्रथम, द्धितिय र तृतीय हुने ३ स्थानीय तहका प्रमुखरउपप्रमुखलाई सम्मानपत्र प्रदान गरेको छ । जिल्ला सभाका प्रमुख अतिथि रहनुभएका बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले थाहा नगरका प्रमुख लबशेर विष्ट, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती र बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो । यसैगरी जिल्ला समन्वय समितिले आफ्नो छैठौं जिल्ला सभामा जिल्लाका विभिन्न संघ संस्था तथा व्यक्तिलाई समेत सम्मान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*