मकवानपुरमा एकैदिन ४ सय ३३ जनाले कोरोना जिते, ५० जनामा संक्रमण पुष्टि

जनपत्र
२९ श्रावण २०७८, शुक्रबार १७:३४

हेटौंडा । मकवानपुर जिल्लामा आज सबै भन्दा धेरै ४ सय ३३ जनाले कोरोना भाइरस संक्रमणलाई जितेका छन् । मकवानपुरका बिभीन्न स्थानीय तहका ४ सय ३३ जनाले कोरोनालाइृ जितेका हुन् । कोरोना जाँच गरिएका मध्यमा थप ५० जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यलय मकवानपुर अनुसार जिल्लामा आज ४ सय २६ जना होम आइसोलेसन र ७ जना संस्थागत आइसोलेस गरी ४ सय ३३ जनाले कोरोना जितेका छन् । यो संगै जिल्लामा कोरोना जित्नेको संख्या १३ हजार ४ सय ४४ पुगेको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९४ जनामा पिसिआर र २० जनामा एन्टीजे परीक्षण गर्दा क्रमशः ४२ जना र ८ जना गरी थप ५० जनामा कोरोना पुष्टि भएको कार्यलयले जनाएको छ । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ६९ जना रहेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा हेटौंडा उपमहानगरपालिका भित्रका थप एक संक्रमितको मृत्यु भएको छ । यो संगै जिल्लामा मृत्यु हुनेको संख्या १ सय ५४ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*