बागमतीमा मानव बेचबिखन बिरुद्ध अभिमुखीकरण कार्यक्रम

जनपत्र
२९ श्रावण २०७८, शुक्रबार १६:३०

हेटौंडा/नारी सीप सृजना केन्द्र मकवानपुरको आयोजनामा स्थानीय संरचनाका पदाधिकारीहरुको लागि एकदिने मानव बेचबिखन बिरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
मकवानपुरमा मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रर्वद्धन परियोजना अन्तरगत पुर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नं. ४ लम्कनामा साउन २७ गते बुधबार एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
नारि सीप सृजना केन्द्रको कार्य समिति सदस्य शर्मिला विश्वकर्माको सभाध्यतामा भएको कार्यक्रममा युवा क्लब, सहकारी संस्था, टोल विकास समिति, आमा समुह, वडा सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण कार्यक्रम संयोजक ज्योति बम्जनले गर्नु भएको थियो ।
No description available.
नारी सीप सृजना केन्द्रले AWO इन्टरनेशनलसंगको सहकार्यमा मकवानपुरमा मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रर्वद्धन परियोजना राक्सिराङ गाउँपालिकाको वडा नं. १, २, ३, ४ र ५ र बागमती गाउँपालिकाको वडा नं. १, २, ३, ४ र ५ मा बिभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । स्थानीय रुपमै आर्थिक उपार्जनको लागि बिभिन्न सीप मुलक तालिम, व्यवसायिक तालिम र सुरक्षित स्थानान्तरणका लागि बिभिन्न सचेतना मुलक कार्यक्रम समेत गर्दै आएका छन । तालिमसंगै नारी सीप सृर्जना केन्द्रले सिकेका सीपलाई आर्थिक उर्पाजनसंग जोड्न सहयोग समेत गरेर रोजगारी सिर्जनामा जोड दिईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*