दाङमा दुई दिनदेखि परेको अविरल वर्षाका कारण घर भत्कियाे

जनपत्र
२९ श्रावण २०७८, शुक्रबार १३:४१

दाङ – दुई दिनदेखि परेको अविरल वर्षाका कारण दाङको तुलसीपुर उपमहानगरपालिका-११ बेलगनारमा एक घर भत्किएकाे छ । लगातारकाे वर्षाका कारण आज बिहान रामु चौधरीको घर भत्किएको हाे ।

घर भत्किँदा साढे दश लाख बराबरको क्षति भएको जनाइएको छ ।

घर भत्किँदा अन्नपात सबै नष्ट हुनुका साथै घरमा भएको नगद २ लाख रुपैयाँ नगद पनि नभेटिएको स्थानीय महेश थारुले बताउनु भयो ।

परिवारका सबै सदस्य उठेर घर बाहिर भएकाले मानवीय क्षति भने नभएको थारुले बताउनुभयो।

चौधरी परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*