आजदेखि गोसाइँकुण्ड मेला सुरु, स्थगित गर्ने तयारी

जनपत्र
२९ श्रावण २०७८, शुक्रबार ११:४६

रसुवा – जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला आजदेखि सुरु भएको छ।

मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । कोभिड–१९ का कारण थोरै सङ्ख्यामा मात्र तीर्थयात्री पुगेका छन् । कोरोना बढेपछि गएको वर्ष मेला सञ्चालन भएको थिएन ।

यसवर्ष पनि मेला स्थगित गर्ने तयारी गरिएको समितिका अध्यक्ष सञ्जीव डीएमले बताउनुभयो । मेला सञ्चालन गर्दा कोरोनाको जोखिम बढ्ने भएकाले स्थगित गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।

२०७६ सालमा सञ्चालन भएको मेलामा १७ हजार तीर्थयात्रीले मेला भरेका थिए । त्यतिबेला धुन्चे–गोसाइँकुण्ड पदमार्गबाट १४ हजार र काठमाण्डौ–सुन्दरीजल/हेलम्बु–ठाडेपाटीबाट तीन हजार तीर्थयात्री पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*