बागमती प्रदेशमा कोरोनाले हाल सम्म ४ हजार १५७ जनाको मृत्यु

जनपत्र
२९ श्रावण २०७८, शुक्रबार १०:४१

हेटौंडा । बागमती प्रदेशमा कोरोना कोरोना भाइरस संक्रमणका कारण हाल सम्ममा ४ हजार १ सय ५७ जनाको मृत्यु भएको छ । प्रदेशका १३ जिल्लाका अस्पताल र घरमा समेत गरेर ४ हजार भन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता पुरुषोत्तम राज सेढाइले वताउनभयो ।

बागमती प्रदेशमा आज सम्ममा जम्मा ३ लाख ९४ हजार ५ सय ९३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमित मध्यमा ३ लाख ७४ हजार ९ सय ६६ जनाले कोरोना भाइरस संक्रमणलाई जितेका छन् ।

कोरोना जित्नेहरु कुल संक्रमणको करिब ९५ प्रतिशत रहेका छन् । संक्रमित मध्यमा करिब पाँच प्रतिशतको मृत्यु भएको उहाँले वताउनुभयो । बागमती प्रदेशमा बिगत २४ घण्टाको प्राप्त विवरणमा १ हजार ६ सय ७३ जनामा थप नयाँ संक्रमण देखिएको छ भने १३ जनाको निधन भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*