हेटौंडाका एक लाख ३५ हजार नागरिकलाई दैनिक डेढ करोड लिटर पानी वितरण

जनपत्र
२९ श्रावण २०७८, शुक्रबार १०:१९

हेटौंडा । हेटौंडा खानेपानी व्यवास्थापन बोर्डले हेटौंडाका एक लाख ३५ हजार नागरिकलाई दैनिक एक करोड ५५ लाख लिटर पानी वितरण गरिदै आएको छ । बोर्डले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडाका १४ वटा वडाका नागरिकलाई पानी वितरण गरिएको जानकारी गराएको हो ।

कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादु महतले स्थानीय सरकारले अहिले बोर्डले खुवाएको महसुलमा घटाउनका लागि प्रयत्न गर्ने वताउनुभयो । हेटौंडाका पनि विकट क्षेत्रमा न्युनतम पूर्वाधार विकासका काम सडक, खानेपानीका क्षेत्रमा सहयोग गरिएको उहाँले वताउनुभयो ।

बिकट क्षेत्रमा बिद्यालय समेत खोलेर उनीहरुलाई शिक्षा दिने काम भइरहेको मेयर महतले वताउनभयो । हेटौंडाको बजार क्षेत्रमा २५ मिटर सडक विस्तार गर्नका लागि उपमहानगरपालिका कार्यपालिकाको बैठकले निर्णय समेत गरिएको उहाँले जानकारी गराउनुभयो । बजार क्षेत्रको सडक निकै साघुरो भएकाले यसलाई विस्तार गर्नका लागि प्रधानमन्त्री कार्यालयमा उपमहानगरपालिकाले पत्र लेख्दा समेत कुनै सुनुवाइ नभएको वताउनुभयो ।

हेटौंडा खानेपानी व्यवस्थापन बोडले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै आर्थिक वर्ष २०७७–०७८ मा बिलिङ्ग गरेकोमा ९ करोड १८ लाख ७२ हजार मध्य ९ करोड १८ लाख ७२ हजार अर्थात ९५ दशमलब १९ प्रतिशत महशुल उठाउन सफल भएको बोर्डका कार्यकारी निर्देशक शुदर्शन ढकालले वताउनुभयो ।

पत्रकार सम्मेलनमा बोर्डले हेटौँडा नगरभित्रका १४ वटा वडाको विभिन्न भु–भागमा बसोबास गर्ने करिब १ लाख ३५ हजार नगरबासिलाई विभिन्न श्रोतबाट दैनिक सरदर १ करोड ५५ लाख लिटर खानेपानी वितरण गर्दै आएको जनाएको छ ।

बोर्डले आर्थिक वर्ष २०७७–७८ को प्रगती विवरण तथा आर्थिक वर्ष ७८–०७९ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत कार्यक्रम मार्फत नगरबासीलाई एउटा सतहगत,२१ वटा डिप बोरीङ, ७ वटा समवेलबाट नियमित दैनिक ६ देखी ७ घण्टा करिब २० हजार ८ सय ८४ धाराहरूमा करिब सरदर १ करोड ५५ लाख लिटर खानेपानी वितरण गर्दै आएको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालले बताउनुभयो ।

हेटौंडामा सबैको सहयोगबाट खानेपानी अभाब हुन नदिएको बोर्डका अध्यक्ष प्रताप विष्टले वताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारुमगर, बोर्डका सदस्य इन्द्र नेपाल लगायतले खानेपानी व्यवस्थापन बोर्डको कार्यक्रम तथा बजेटको बिषयमा मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*