मकवानपुरका सार्बजनिक यातायातमा छैनन् डष्टबिन
हेटौंडा / सरकारले सार्वजनिक यातायातमा फोहोर संकलनका लागि तोकिएको गुणस्तरबमोजिम पोलिथिन थैलो वा डष्टबिन अनिवार्य राख्नुपर्ने नियम भए कार्यान्वयन भएको छैन । जथाभावी फोहोर फ्या“क्दा बाटोघाटो र सार्वजनिकस्थल फोहोर भएर वातावरणमा प्रतिकूल असल पर्ने भएकोले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीच २०७३ मंसिर १७ गते सहमति भएपछि पुस १ गतेदेखि उक्त नियम लागु भएको घोषणा गरिएको थियो ।
केही समययता सरकारले सार्वजनिक गाडीभित्र हुने फोहोरमैला नियन्त्रण एवम् व्यवस्थित गर्न सार्वजनिक यातायातमा डष्टबिन अनिवार्य व्यवस्था गरेको थियो । तर, हालसम्म हेटौंडाका सार्वजनिक यातायातले नियम पालना गरेका छैनन् । नियम पालना नगर्नुको त परै जाओस्, उक्त नियमका विषयमा सम्बन्धित नै जानकार छैनन् । सवारीसाधनबाट यात्रा गर्दा झ्यालबाट सार्वजनिकस्थल तथा सडकमा फोहरजन्य पदार्थ (प्लाष्टिक, बोतल, खानेकुराको अवशेष, कागज) आदि फ्या“क्न निषेध गरिएको छ ।
तर, हेटौंडा–१३, पदमपोखरीका बसचालक दीपेन्द्र मोक्तानले हालसम्म पनि आफूले बसमा डष्टबिन नराखेको बताएका छन् । यस विषयमा आफू जानकार नभएको उनले प्रतिक्रिया दिए । ‘नियम थाहा पाएको भए हामी राख्थ्यौं, तर थाहै छैन,’ उनले भने । बसकी यात्रु जोया नेपाल भन्छिन्–हामीलाई पनि यस विषयमा थाहा छैन । ‘घर जान १ घण्टाको बाटो छ । केही न केही त खानेकुरा हरेकले खा“दै यात्रा गरिरहेका हुन्छन्,’ उनले भनिन्–हामीले जहा“ खानेकुरा सकिन्छ, त्यहा“ नै झ्यालबाट प्लाष्टिक वा अन्य बोक्राहरु फ्या“किदिन्छौं ।
मकवानपुरका विभिन्न भाग पुग्ने १२ काउन्टरमा पुग्दा कुनै चालकले नियम पालना गरेको पाइएन । हटिया—हर्नामाडी चल्ने गाडीको पनि उस्तै हालत छ । डस्टबिनका विषयमा उनीहरु अनविज्ञ देखिए । हर्नामाडी जाने बसका एक चालक भन्छन्–हामीलाई यसबारे थाहँ भइदिएको भए सजिलो हुन्थ्यो । विहान सफा पारेर ल्याएको गाडी दिनमा चार—पा“च ट्रिप गर्दा बेलुका गाडीको हालत हेरिनसक्नु हुन्छ, फोहोरै फोहोर । सफा गर्दैको हैरान ।
सार्वजनिक सवारीसाधनले डस्टबिनको व्यवस्था गर्नुपर्ने, सार्वजनिक यातायात छुट्नु भन्दाअघि सवारी चालकले यात्रुलाई डष्टबिन प्रयोग गर्न अनुरोध गर्ने र यात्रुले गर्ने फोहोरलाई तोकिएको ठाउ“मा मात्र विसर्जन गर्ने, विसर्जन गरिएको स्थलबाट नगरपालिकाले फोहोर विसर्जन गर्ने अन्तिम स्थल पु¥याउने नियम भए पनि यस विषयमा सरोकारवाला मौन छन् ।
आजको हेटौंडा सन्देश दैनिकमा समाचार छापिएको छ ।