मकवानपुरमा कोरोनाले एक जनाको मृत्यु, ३९ जनामा कोरोना पुष्टि, १ सय ४ संक्रमणमुक्त

जनपत्र
२८ श्रावण २०७८, बिहीबार १८:०७

हेटौंडा । मकवानपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । हिजो जिल्लामा दुई जना संक्रमित मृत्यु भएको थियो । यससंगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ५३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। एक सय ४ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ४ सय २९ जनाको कोरोना परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो । यससंगै जिल्लामा संक्रमणको संख्या १४ हजार १ सय ६१ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा १ सय ४ जनाले कोरोना जितेका छन् । जसमा होमआइसोलेशनबाट ९९ जना र संस्थागत आइसोलेशनबाट ५ जनाले कोरोना जितेका हुन् । यससंगै जिल्लामा कोरोना जित्नेको संख्या १३ हजार ११ पुगेको छ ।

हाल जिल्लामा ९ सय ५३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ९ सय ५ जना घरमा र ४८ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*