लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस

जनपत्र
२८ श्रावण २०७८, बिहीबार १३:०९

काठमाण्डाै – लुम्बिनी प्रदेश सरकारमा आज विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि दाबी पेस गरेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले आज दिउँसो तीन बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने समय दिनुभएको थियो । केहीबेर अघि नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सरकारको नेतृत्वमा दाबी पेस गरेको हो ।

विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेका छन् । आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गठबन्धनको छ ।

गठबन्धनमा सहभागी तीनै दलबाट एक/एकजना मन्त्री बनाउने तयारी गरिएको छ । कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*