सुनको भाउ बढ्यो

जनपत्र
२८ श्रावण २०७८, बिहीबार १३:०७

काठमाण्डाै – सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।

आज तोलामा सुनको भाउ ८९ हजार चार सय रुपैयाँ निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतार–चढाव आइरहेकाले नेपाली बजारमा पनि भाउमा फेरबदल भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलामा ११ सय ९० रुपैयाँ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*