आइएमई लाइफद्वारा घातक राेग रक्षावरण अन्तर्गतकाे २५ लाख रुपैयाँ भुक्तानी

जनपत्र
२८ श्रावण २०७८, बिहीबार १३:०२

काठमाण्डाै – आइएमई लाइफ इन्स्याेरेन्स कम्पनीकाे हेटौँडा शाखाले आइएमई सावधिक जीवन बीमा अन्तर्गत घातक राेग रक्षावरण अन्तर्गतकाे बीमाङ्क २५ लाख रुपैयाँ भुक्तानी गरेकाे छ । कम्पनीले बीमा अन्तर्गतकाे रकम हिमाल पाैडेललाई भुक्तानी गरेकाे हाे ।

बीमा गरेकाे १४ महिनाकाे अवधिमा क्यान्सर लागेका पाैडेललाई कम्पनीले दाबी भुक्तानी गरेकाे हाे । कम्पनीले पछिल्लाे समय विभिन्न २१ घातक राेग विरुद्ध रक्षावरण हुने बीमालेख याेजना ल्याएकाे छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले दाबी भुक्तानी प्रक्रिया छिटाे र प्रभावकारी ढङ्गबाट गर्न दाबी भुक्तानी फर्छ्योटकाे लक्ष्य लिइएकाे जानकारी गराउनु भएकाे छ ।

दाबी भुक्तानी समयमै हुँदा बीमित र आश्रित परिवारलाई बीमाबापतकाे लाभ समयमा उपलब्ध हुने, आर्थिक स्तरमा समेत थप सहयाेग पुग्ने र जीवन बीमाप्रति थप भराेसा बढ्ने उहाँले बताउनु भयाे ।

कम्पनीले निवेदन प्राप्त भएकाे १५ दिनभित्र दाबी भुक्तानी गरेकाे हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*