हात्तीकाे आक्रमणमा परी सुनसरीमा एककाे मृत्यु

जनपत्र
२८ श्रावण २०७८, बिहीबार ०९:०९

सुनसरीको कोशी गाउँपालिका ४ मा जंगली हात्तीको आक्रमणमा परी ५५ वर्षिय रामेखङ्ग खत्वेको मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष छेउ रहेको खत्वे टोलका उनको हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको हो ।

विहान उठेर शौचालय गएका खत्वेलाई आरक्षबाट निस्केको हात्तीले लखेटेर ज्यान लिएको हो । सुनसरी प्रहरीका अनुसार मृतकको शव पोष्टमाटमका लागि इनरूवा अस्पताल ल्याइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*