नेपाली कांग्रेसकाे केन्द्रीय समितिकाे बैठक आज पनि बस्दै

जनपत्र
२८ श्रावण २०७८, बिहीबार ०९:०४

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज (बिहीबार) पनि बस्ने भएको छ। बैठक दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा १४ औं महाधिवेशनको बारेमा छलफल गरिने बताइएको छ । यसैगरी बैठकमा क्रियाशील सदस्यता विवादलाई लिएर पनि छलफल गरिनेछ ।

हिजो९बुधबार० प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले भदौमा महाधिवेशन गर्न सम्भव नभएकाले मंसिरमा गर्नुपर्ने प्रस्ताव राखेका थिए । यता वरिष्ठ नेता रामचन्द्र पौडेलले भने तल्ला तहका महाधिवेशन भदौमा सुरु गरी असोजमै महाधिवेशन गर्ने बताएका छन् । क्रियाशील सदस्यता विवादले कांग्रेस झन् जकडिँदै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*