मकवानपुरका सरकारी कार्यालयले कोरोना जोखिम बढाए

जनपत्र
२७ श्रावण २०७८, बुधबार १९:१६

हेटौंडा : मकवानपुरमा अहिले कोरोना भाइरसको सक्रिय संक्रमित संख्या एक हजार १९ पुगेको छ।   वैशाखदेखि लगाइएको निषेधाज्ञा हालसम्म जारी नै छ। कोरोना नियन्त्रण लागि भन्दै विभिन्न व्यवसायहरू सञ्चालनका लागि निश्चित समय निर्धारण गरिएको छ।

विद्यालयहरू सञ्चालन हुन सकेका छैनन्। कोरोना नियन्त्रणको लागि भन्दै विभिन्न क्षेत्रमा पुनः कडाइ गर्न थालिए पनि सरकारी कार्यालयहरूको भीड भने अनियन्त्रित बनिरहेको छ। मकवानपुरको मालपोत, नापी, बिभीन्न सरकारी मन्त्रालय, जिल्ला स्थित कार्यालयहरुमा सेवाग्राहीको निकै भीड बढेको छ । यसका कारण संक्रमण निकै बढेको छ ।

जिल्लामा कोरोना संक्रमितसँगै सरकारी कार्यालयहरूमा सेवा लिन आउने सेवाग्राहीको भीड पनि दैनिक बढेको छ। जिल्ला मालपोत कार्यालयमा सेवाग्राहीको अव्यवस्थित भीडले कोरोनाको हटस्पट नै मालपोत कार्यालय बन्ने जोखिम देखिन्छ।

कार्यालयमा दैनिक सेवा लिन सयौंको संख्यामा आउने सर्वसाधारणले सामान्य स्वास्थ्य मापदण्डसमेत पालना गरेका हुँदैनन् भने कार्यालयका कर्मचारीहरूले पनि यसको व्यवस्थापनमा ध्यान दिएका छैनन्।

कोरोना नियन्त्रणका लागि बजारको भीडभाड कम गर्ने भन्दै व्यापार व्यवसाय बन्द गराए पनि सरकारी कार्यालयको भीडले भने कोरोना संक्रमण थप फैलने जोखिम निम्त्याएको छ।

उसो त प्रमुख जिल्ला अधिकारीको कार्यालयमै सेवा लिन आउनेले पनि न्यूनतम् मापदण्ड पालना गरेको देखिँदैन। जिल्ला प्रशासन कार्यालयमै पनि सेवाग्राहीले भौतिक दूरी कायम गर्ने र स्वास्थ्य मापदण्ड अपनाउने गरेको भेटिँदैन।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सेवा पूर्ण रुपमा बन्द गर्दा पनि जनतालाई मार पर्ने र सञ्चालन गर्दा पनि कोरोना जोखिम हुने अवस्था रहेको बताए।

हाल कोरोनाको जोखिम  नियन्त्रणका लागि आलोपालो प्रणालीमा सेवा प्रवाह गरिरहेको भए पनि कार्यालयहरूमा अत्याधिक भीड बढेको भन्दै उनले त्यसको नियन्त्रण हुन नसके सबै सेवा नै बन्द गर्ने बताए।

‘जे गरे पनि नहुने भयो, कोरोना बढ्दै जाँदा  पनि भीड यस्तै भयो भने जिल्लाका सबै सरकारी कार्यालयको सेना नै बन्द गर्नुपर्ने हुन्छ। अरु विकल्प छैन, ’उनले भने। थाहा खवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*