एमसीसी संसद्‌बाट पास गर्नुपर्ने संवैधानिक व्यवस्था छैन– रामनारायण बिडारी

जनपत्र
२७ श्रावण २०७८, बुधबार १८:५२

राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले एमसीसी संसद्‌बाट पास गर्नुपर्ने संवैधानिक व्यवस्था नरहेको बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सत्ता साझेदार नेकपा माओवादी केन्द्रका सांसद बिडारीले एमसीसीलाई संसद्‌बाट पास गर्नैपर्ने संवैधानिक व्यवस्था नरहेको दाबी गरेका हुन् ।

मंगलबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा बोल्दै एमसीसी के गर्नुहुन्छ रु भनि प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रश्न गरेका थिए । त्यसको जवाफ दिने क्रममा उनले एमसीसी संसद्‌मा ल्याउनैपर्ने कारणबारे पूर्वप्रधानमन्त्री ओलीलाई पुष्टि गरेर देखाउन चुनौती दिए । एमसीसीबारे सभामुखलाई अनावश्यक लाञ्छना लगाइएको पनि उनले बताए ।

सांसद बिडारीले भने– ‘एमसीसी संसद्‌मा किन रु यो कुनै संवैधानिक व्यवस्था छैन । यहाँ नेपालमा चाहिँ ल्याउनैपर्ने कारण केओलीजीले पुष्टि गर्नुपर्‍यो नि  सभामुखलाई अनेक प्रकारको लाञ्छना लगाएर एमसीसी सदनमा ल्याएन भनेर जुन प्रकारको हर्कत गरियो । त्यस कारणले मेरो प्रश्न छ, एमसीसी सदनमा आउनुपर्ने विषय हाम्रो संविधानले होइन ।’

सांसद बिडारीले भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेको भन्दै तत्कालीन प्रधानमन्त्री ओलीसँग कुरा मिलाएर पो हो कि भन्ने प्रश्न तेर्स्याए । उनले भने– ‘भारतले नेपालको भूमि कहिले उसको नक्सामा हाल्यो । याद गरिराखौं कहिले हाल्यो रु अहिलेसम्म हाल्न सकेको थिएन । जब ओली प्रधानमन्त्री हुनुभो ट्याक्क भारतले नेपालको जमिन उसको नक्सामा हाल्यो । त्यत्तिमात्र हो र नेपालको भुइँमा सडक बनाएर भारतको मन्त्रीले उद्घाटन गऱ्यो । कहिले ओलीजीको पालामा । किन गर्‍या रे खासाकखुसुक गरेर पो हो कि कुरा मिलाएर पो हो कि ’

सांसद बिडारीले ओली सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगले सुकुम्बासीहरुको पक्षमा काम गर्न नसकेको भन्दै निजामति कर्मचारी र भूमीसम्बन्धी कार्यालयमार्फत सुकुम्बासीलाई जग्गा वितरण गर्ने कुरा टुंगो लगाउनुपर्ने बताए । इकान्तिपुरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*