मकवानपुरमा कोरोनाले दुइ जनाको मृत्यु, थप ५४ जनामा संक्रमण पुष्टि

जनपत्र
२७ श्रावण २०७८, बुधबार १८:३९

हेटौंडा । मकवानपुरमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा हेटौंडा ७ का ७० वर्षीय वृद्ध र भीमफेदी १ का ६१ वर्षीय पुरुष रहेका छन् । उनिहरु दुबैजनाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

हेटौंडा ७ का वृद्धमा साउन १९ गते कोरोना पुष्ट भएको र साउन २० गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना भएको उनको मंगलबार मृत्यु भएको कार्यलयले जनाएको छ ।

यसैगरि भीमफेदी १ का ६१ वर्षीय पुरुषमा साउन ९ गते कोरोना पु्ष्टि भएको र साउन १० गते उपचारको लागि हेटौंडा अस्पतालमा भर्ना गरिएको थियो । उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको कार्यलयले जनाएको छ ।

यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संखया १ सय ५२ पुगेको छ । जसमा हेटौंडा उपमहानगरपालिका भित्रका १ सय ९ जना,मनहरी गाउँपालिका भित्रका ११ जना,थाहा नगरपालिका भित्रका ९ जना, भीमफेदी भित्रका ६ जना, मकवानपुरगढी भित्रका ५ जना,बागमती र बकैया भित्रका ४– ४ जना, कैलाश र राक्सिराङ भित्रका २, २ जना रहेका छन् ।

जिल्लामा हाल १ हजार १९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ९ सय ७३ जना घरमा र ४६ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार ११७ जनाको पिसिआर र २२ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९ जना र ५ जना गरी ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

कार्यलयका अनुसार पुष्टि हुनेहरुमा सबैभन्दा बढी ४५ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि थाहा नगरका ३ जना,बागमती, मनहरी र भीमफेदीगाउँपालिकाका २र२ जना रहेका छन् । यो संगै जिल्लामा हालसम्म १४ हजार १ सय २२ जनामा कोरोना पुष्टि भएको छ ।  यसैगरि पछिल्लो २४ घण्टामा ७२ जनाले कोरोना जितेका छन् । यो संगै जिल्लामा हालसम्म १२ हजार ९ सय ७ जनाले कोरोना जितेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*