विश्वविद्यालयकाे परीक्षामा सहभागी हुने विद्यार्थीलाई काेराेनाविरुद्धकाे खाेप दिइने

जनपत्र
२७ श्रावण २०७८, बुधबार १८:१५

काठमाण्डाै – सरकारले विश्वविद्यालयको परीक्षा दिने विद्यार्थीहरूलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज बुधवार बसेको सचिवस्तरीय बैठकले त्रिभुवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयका परीक्षामा सहभागी हुने विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको स्वास्थ्य सेवा विभागका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिनुभयो ।

निर्णयअनुसार विभागले स्वास्थ्य निर्देशनालय, सबै प्रदेश तथा जिल्ला स्वास्थ्य कार्यालयहरूलाई खोपको व्यवस्था गर्न भनेको छ । खोप लगाउने विद्यार्थीले अनिवार्य रूपमा प्रवेश पत्र साथमा लैजानुपर्नेछ ।

त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ भने अरू विश्वविद्यालयका पनि परीक्षा सञ्चालन भइरहेका छन् । परीक्षा केन्द्रबाट सङ्क्रमण फैलने डर रहेको भन्दै परीक्षार्थीहरूले खोपको माग गर्दै त्रिवि घेराउलगायतका विरोधका कार्यक्रमसमेत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*