यूएई जान तोकिएका शर्तले यात्रुलाई सास्ती

जनपत्र
२७ श्रावण २०७८, बुधबार १६:४०

काठमाडौं । नेपालबाट यूएई प्रस्थान गर्ने यात्रुका लागि त्यहाको सरकारले तोकेको प्रावधानका कारण नेपालबाट टिकट काटेका सयौं यात्रु अलपत्र परेका छन् । अहिले नेपालबाट यूएई ट्रान्जिट हुने यात्रुलाई मात्र बोकेर एयरलाइन्स उड्नु पर्ने बाध्यता छ ।

जसले गर्दा कम्पनीहरुले समेत खाली सीट जहाज उडाउनु परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपालबाट यूएइ जानु अगाडि ४८ घण्टाभित्रको पीसीआर नेगेटिभ रिर्पोट अनिवार्य गरिएको छ ।

साथै विमानस्थलबाट प्रस्थान गर्नुभन्दा ४ घण्टाभित्र विमानस्थलभित्रै गरेको र्‍यापिड पीसीआर टेस्ट रिर्पोट समेत अनिवार्य गरिएको छ ।

यो सुविधा नेपालको विमानस्थलमा छैन । विमानस्थल कार्यालयका अनुसार सो प्रयोजनका लागि विमानस्थलले स्थान उपलब्ध गराउने र र्‍यापिड टेस्टका लागि व्यवस्था मिलाउन विमानस्थलले स्वास्थ्य विभागलाई अनुरोध गरेको छ ।

विभागले ल्याव उपलब्ध गराएमा मात्र यो सुविधा विमानस्थलमा रहने भएको छ । नेपालमा छिटो परीक्षण हुने एन्टिजेन परीक्षणलाई भने यूएइ सरकारले अस्वीकार गरेको छ ।

विमानस्थलमा तत्काल हुने खालको र्‍यापिड पीसीआरको व्यवस्था नहुन्जेल यूएई सरकारले नेपालीलाई यात्रा खुला गरेको भएपनि जान नपाउने भएका छन् । नेपालबाट यूएईमा ट्रान्जिट मात्र गर्नेलाई भने र्‍यापिडङ परीक्षण अनिवार्य गरिएको छैन ।

यस्तो छ यूएई जान चाहिने शर्त

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*