धनुषामा करेन्ट लागेर दुई जनाको ज्यान गयो

जनपत्र
२७ श्रावण २०७८, बुधबार ११:०७

धनुषा – धनुषामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । भजनकीर्तन भइरहेका बेला माइकमा करेन्ट प्रवाह हुँदा कीर्तनमण्डली लक्ष्मीनिया गाउँपालिका–३ का ५५ वर्षका विन्दा दास र ५० वर्षका मनिराम यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका–३ पर्साटोलका बुलन यादवको घरमा भजनकीर्तन भएको थियो । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*